नियम १७
विरोध भए वा नभएको सोध्नु पर्ने
(१) सैनिक अदालतको अध्यक्ष, सदस्य र प्राड विवाक वा प्राड अधिकृत सैनिक अदालतको मुकाममा उपस्थित भइसकेपछि प्राड विवाक वा प्राड अधिकृतले अध्यक्ष र सदस्यहरू उपर अभियुक्तको कुनै किसिमको विरोध छ वा
छैन भनी सोध्नु पर्ने र निजको विरोध नभएमा अनुसूची–३ बमोजिमको ढाँचाको कागजमा अभियुक्तको दस्तखत गराइ मिसिल सामेल राख्नु पर्नेछ ।
(२) सैनिक अदालतको अध्यक्ष वा कुनै सदस्य उपर अभियुक्तको कुनै विरोध भएमा ऐनको दफा ८२ को प्रक्रिया अपनाई सैनिक अदालतको काम कारबाही अगाडि बढाउनु पर्नेछ ।